सुर्खेतको बराहाताल-२ का जग्गाधनीलाई जग्गाधनी प्रमाण-पुर्जा वितरण

सुर्खेत । बराहाताल गाउँपालिका वडा-२ मा जग्गाधनी प्रमाण-पुर्जा वितरण गरिएको छ । वडा नं-२ को मानपुर क्षेत्रका अव्यवस्थित अधुरा-अपुरा तर्फका जग्गाधनीहरूलाई ४१ वटा जग्गाधनी प्रमाण-पूर्जा वितरण गरिएको हो ।

बराहाताल गाउँपालिकाले गत मंसिरदेखि अव्यवस्थित वसोवास भएका जग्गाधनीहरूलाई जग्गाधनी प्रमाण-पूर्जा वितरण गर्दै आईरहेको छ । हालसम्म बराहाताल गाउँपालिकाले वडा-५, ७ र वडा नं-२ मा जग्गा धनि प्रमाण-पूर्जा वितरण गरिरहेको छ ।

बराहाताल गाउँपालिका रोजगार शाखाका संयोजक रामकृष्ण गौतमका अनुसार वडा नं-७ मा करिव १०० वटा पूर्जा वितरण गर्ने तयारी अवस्थामा छन् भनें वडा नं-५ मा १७४ वटा पूर्जा वितरणका लागि तयारी गरिएको छ । यस्तै, १०० वटा पुर्जा वडा नं-२ मा र ३० वटा पुर्जा वडा नं-४ मा वितरण गर्ने तयारी गरिएको छ ।

रामकृष्ण गौतमले पर्याप्त जनशक्तीको अभाव हुदाँ जग्गाधनी प्रमाण-पूर्जा वितरणको कामलाई तिव्रता दिन नसकिएको बताएका छ्न् ।