त्रिभुवन विमानस्थलबाट करिब १०० किलो सुन बरामद

त्रिभुवन विमानस्थलबाट ८० किलोभन्दा बढी सुन बरामद भएको छ। बुधबार राति राजश्व अनुसन्धान कार्यालयले विमानस्थलबाट चेकजाँच पार गरिसकेको अवस्थामा सो सुन बरामद गरेको हो ।

हङकङबाट क्याफे प्यासिफिकबाट नेपाल आएका यात्रुको साथबाट कार्यालयको टोलीले सुन बरामद गरेको राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । सुन ८० देखि १०० किलोसम्म रहेको विभागको अनुमान छ ।

‘भन्सारको गेटबाहिरबाट हामीले बरामद गरेका हौँ। मोटरसाइकल र स्कुटरको ब्रेक सुमा लुकाएर ल्याइएको हो’ महानिर्देशक ढुंगानाले भने, ‘८० देखि १०० किलोसम्म रहेको अनुमान छ ।’