मनकारी जग्गाधनि : जसले इलाका प्रहरी कार्यालय मेहेलकुनाका लागि जग्गा दान गरे

दिलिप ढकाल , सुर्खेत ईलाका प्रहरी कार्यालय बन्ने प्रक्रिया अगाडी बढे संगै केहि दिन अगाडी मात्र जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी निरीक्षक सुरज रोकायालाई ईलाका प्रहरी कार्यालय मेहेलकुनाको प्रमुखमा रुपमा खटाएको थियो ।

ईलाका प्रहरी कार्यालय संचालन, व्यवस्थापन र तयारीका विषयमा सोमबार मेहेलकुनामा गुर्भाकोट नगरपालिकाका नगर प्रमुख हस्त पुन, विभिन्न वडाका वडाअध्यक्ष, बुद्धिजिबि राजनितिक दलका प्रतिनिधि, समाजसेवी, , प्रहरी चौकी मेहेलकुनामा कार्यरत कर्मचारीको सहभागितामा छलफल समेत गरिएको थियो ।

गुर्भाकोट नगरपालिकामा इलाका प्रहरी कार्यालय स्थापना हुने भए सँगै केहि समय अघि देखि गुर्भाकोट नगरपालिकाले जग्गाको खोजि सुरु गरेको थियो । जग्गाको खोजि सुरु भएको केहि दिनमै गुर्भाकोट नगरपालिका वडा नम्बर ८ खटाङका मनकारी जग्गादाताले ईलाका प्रहरी कार्यालयको लागी जग्गा दान गरेका छन् ।

जग्गा दान गर्नेहरुमा गुर्भाकोट नगरपालिका ८ बस्ने भिमी कामी,सोही ठाउँ बस्ने नदे कामी ,र गुर्भाकोट–८ कै नरेन्द्र वि.क. रहेका छन्। उनीहरुले चार रोपनी जग्गा दान गरेका हुन् । विरेन्द्रनगर प्रदेश राजधानी बनेपछि जिल्लास्तरका सरकारी कार्यालय, बैक तथा वित्तिय सस्थादेखि व्यापारीक, शैक्षिक, औद्योगिक विकास हुन थालेपछि गुर्भाकोटमा डिएसपीको नेतृत्वमा ईलाका प्रहरी कार्यालय राख्ने तयारी भएको बताएपनि अहिले प्रहरी निरीक्षकको जनशक्ति परिचालन गरिएको छ ।

पुर्वी सुर्खेतमा रहेका तीन वटा नगरपालिका, दुई वटा गाउँपालिकामा बढ्दै गरेको शहरीकरण र बढ्दो जनसंख्यालाई मध्यनजर गर्दै मेहेलकुनामा प्रहरी निरीक्षक दरबन्दीसहितको ईलाका प्रहरी कार्यालय स्थापना हुने प्रक्रिया सूरु भएको हो । ईलाका प्रहरी कार्यालय स्थापना भएपछि शान्ति सुरक्षा, राजमार्ग सुरक्षा र भिआईपीको आवगमन व्यवस्थापन सहज हुने आशा गरिएको छ ।