
बाजुरा | बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा फेला परेका छन् । ४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटर अगाडी कुर्चीमा बसेको अवस्थामा मृत फेला परेको नगरपालिकाले जनाएको छ । उनी क्वाटर अगाडी कुर्चीमा बसी रहेको अवस्थामा मृत भेटिएको ईलाका प्रहरी चौकी कोल्टिले जनाएको छ ।

बुढीनन्दा नगरपालिका–७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिक तर्फका स्थायी कर्मचारी हुन् । लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय–समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताएका छन् ।