देउवाले बैठकमा भने- सबैले बोल्न पाउनुहुन्छ भन्या !


काठमाडौं श्रावण २ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठकमा सबैले बोल्न पाउने बताएका छन् । सानेपामा जारी बैठकमा महामन्त्री गगन थापाको प्रस्तुति सकिएपछि नेता अर्जुन नरसिंह केसीलगायतका नेताले बोल्नका लागि हात उठाएका थिए । उनले बस्न आग्रह गर्दै बैठक लम्बिए पनि सबैले बोल्न पाउने बताए । “सबैले पाउनुहुन्छ । पाउनुहुन्छ भन्या । बरु दुई दिन लाग्ला, पाँच दिन लाग्ला, सबैले बोल्छ भन्या !

” उनले बैठकमा भने । त्यसपछि उनले नेता गोपालमान श्रेष्ठलाई प्रतिवेदन प्रस्तुत गर्न समय दिए । श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै गर्दा ‘साइड टक’ भएको भन्दै त्यसो नगर्न आग्रह गरे ।