१ घर १ बगैचाकाे अवधारणा अनुसार दैलेखको गुराँस गाँउपालिकाले गर्यो बृक्षारोपण


दैलेखको गुराँस गाँउपालिकाले पालिका क्षेत्र वरिपरी, मुख्य बजार क्षेत्र, सबै वडा कार्यालय, सबै बिद्यालय, भ्यू टावर, मन्दिर क्षेत्र लगाएत सबै सरकारी कार्यालयहरुमा एकसाथ बृक्षारोपण गरेको छ । १२ औ अधिवेशनमा ग्रिन क्षेत्रका लागि काम गर्ने घोषण गरेको पालिकाले लगत्तै बृक्षारोपण गरेको हो ।


सबै वडाहरुमा बृक्षारोपणका लागि पालिकाको आयोजना अनुसार काम भएको र पालिकाको यो कामलाई सोसेक नेपाल र ग्रिन कणर्ाली परियोजनाले सहयोग गरेको पालिकाका अध्यक्ष टोप बिसीले बताएका छन् । उनले भने हामीले योजना बद्ध रुपमा गुराँस गाउपालिकामा एक घर एक बगैचा बनाउने सोच बनाएका छौ । र यसैलाई सार्थक बनाउनका लागि पनी यो बृक्षारोपण गरिएको हो ।


अध्यक्ष बिसीले अन्य बिरुवा रोप्नु भन्दा पनी यहाँको माटो सुहाउदो र यो भुमिमा फल्न र फुल्न सक्ने बिरुवाहरु रोपेको बताएका छन् । कार्यक्रमलाई अध्यक्ष बिसीले चन्दनको बिरुवा रोपेर सुरुवात गरेका थिए ।


पालिका र सबै वडाहरुमा लगभग पाँच हजार भन्दा धेरै बिरुवा रोपिएको पालिकाका प्रवत्ता तथा गुराँस गाँउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष दिपेन्द्र वलीले बताएका छन् । उनले भने यो हाम्रो सुरुवात मात्रै हो । अब पालिकामा धेरै बिरुवा रोपिने छन र १२ औ अधिवेशनको घोषणालाई साकार पार्नका लागि अन्य थुप्रै बृक्षारोपण कार्यक्रमहरु संचालन गरिनेछन् ।


बृक्षारोपण कार्यक्रममा पालिकाका कर्मचारीहरु, सुरक्षा कर्मीहरु, लगाएत स्थानिय बुद्धीजिवीहरुको संलग्नता रहेको उनले बताएका छन् ।