गुर्भाकोट अटो दुर्घटना अपडेट :थप उपचारको लागी ३ जना रिफर हुँदा ४ जना डिस्चार्ज

पुर्बी सुर्खेतको गुर्भाकोट नगरपालिकामा अटो दुर्घटना हुँदा ७ जना घाईते भएका छन ।

गुर्भाकोट नगरपालिकाको मेहेलकुना बडाखोलि सडक खण्ड अन्तरगत सातमुले नजिकै अटो दुर्घटनामा परेको हो । कर्णाली प्रदेश ०२००१ ह ०७६६ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटना भएको बताइएको छ । अटोमा सवार सात जना नै घाईते भएका थिए। घाईते मध्ये ३ जनालाई मेहेलकुना अस्पतालमा सामान्य उपचार पछि प्रदेश अस्पताल कालागाउ रिफर गरिएको छ।

रिफर हुनेमा गुर्भाकोट नगरपालिका ६ निवासी बर्ष ३२ कि कमला बिक ,गुर्भाकोट ९ बस्ने बर्ष ५२ कि सिता बिक र बिरेन्द्रनगर नगरपालिका-३, तातापानी बस्ने बर्ष ५२ कि चादनी बुढा रहेका छन् भने डिस्चार्ज हुनेमा अटो चालक गुनापा ६ बस्ने बर्ष २१ का सन्जिब डाँगी, सोहि ठाउकी वर्ष २५ कि मनिषा बिक,बर्ष ३९ को बेल बहादुर नेपालि,बर्ष ४८ को पूर्णकाली चुनारा रहेका छन्।