सुर्खेतको मेहेलकुनामा अटो दुर्घटना, ७ जना घाईते

शुक्रबार बिहान १०ः३५ बजेको समयमा सुर्खेतको मेहेलकुनामा अटो दुर्घटना भएको छ । दुर्घटनामा परेर ७ जना घाईते भएका छन् । बडाखोलादेखी मेहेलकुना जाने क्रममा कर्णाली प्रदेश ०२००१ ह ०७६६ नम्बरको अटो सातमुलेमा दुर्घटनामा परेको हो ।दुर्घटनामा गुर्भाकोट नगरपालिका वडा नं ६ का चालक २१ ब्र्षिया सँजिव डाँगिकोे दाहिने हातको नाडीमा चोट लागेर घाईते भएका छन भने सो अटोमा सवार ७ जना यात्रुहरु पनि घाईते भएको स्थानियले बताएका छन् ।

घाईते हुनेहरुमा २५ बर्षिया मनिसा वि.क., ३३ बर्षिय बल बहादुर नेपाली, ३२ बर्षिया कमला वि.क., ५२ बर्षिया सिता वि.क. र १६ बर्षिया चाँदनी वि.क. रहेका छन् । उनिहरुको अवस्था अहिले सामान्य रहेको प्रत्यक्ष दर्शीले बताएका छन् । उनिहरुलाई उपचारको लागि मेहलकुना अस्पतालमा लगिएको प्रत्यक्ष दर्शीले बताएका छन् । अटो सडकबाट ५ मिटर बाहिर पुगेको थियो ।