खोलाले बगाउँदा दैलेखका ४९ वर्षिया पुरुषको मृत्यु

दैलेख । दैलेखमा खोलाले बगाएर ४९ बर्षीय एक पुरुषको मृत्यु भएको छ । खोलाले बगाउँदा दैलेखको नौमुले गाउँपालिका-८, चौराठाका लक्ष्मिप्रसाद रिमालको मृत्यु भएको हो ।

दैलेख सदरमुकामबाट घर फर्कने क्रममा बाटोमा पर्ने झिल्के खोलाले बगाउँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्रोत बताएको छ ।