दैलेखको गुराँस गाउपालिकाको १२औं अधिवेशन सम्पन्न

दैलेखको गुराँस गाउपालिकाले “सुख, समृद्दीका लागि शासकिय सुधार, हातेमालो गरी, फेरौ गुराँसको मुहार” भन्ने मुल नाराका साथ आफ्नो १२औं अधिवेशनको सम्पन्न गरेको छ ।
असार ८ गते १२ औ अधिवेशन सुरु गर्दै आर्थिक बर्ष २०८०/८१ का लागि निती तथा कार्यक्रम पारित गरेको पालिकाले सोही मितिमा बजेटको खाका समेत प्रतुत गरेको थियो ।

पहिलो बैठकमा पेश गरेको ६४ करोड ६९ लाख २० हजार ५ सय २३ रुपैयाको बजेट असार २७ गते बसेको चौथो बैठकले पारित गरेको छ । पालिका अध्यक्ष टोप बिसीले ४० बुँदे संकल्प तथा बिषेश घोषणहरू प्रस्तुथ गरेका थिए भनें गाउँपालिका उपाध्यक्ष शिवा खड्काले नीति तथा कार्यक्रम प्रस्तुथ गरेकी थिईन । चौथो बैठकमा “गुराँसको मुहार फेर्न सक्ने कर्मचारी र जनप्रतिनिधीलाई यस अघी प्रदान गरिएको टिएडिए बन्द गर्ने, अनुत्पादक र अस्वभाविक खर्च कटौती जस्ता ४० बुँदे संकल्प तथा बिषेश घोषण सर्वसम्मत रुपमा पारित गर्दै आफ्नो १२ औ अधिवेशन सम्पन्न गरेको छ ।

भिडियोमा हेर्नुहोस् :