प्रधानमन्त्री प्रचण्डलाई सुनवल नगरपालिकाले दियो “हार्दिक श्रद्धाञ्जली”

नवलपरासीको सुनवल नगरपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”पत्नी सिता दाहलको मृत्यु प्रति असंवेदनशील भई श्रद्धाञ्जली सम्वेदना व्यक्त गरेको छ । लामो समयदेखि हस्पतालमा रोगग्रस्त जिवन बिताईरहेकी सिता दाहलको हिजो बुधवार निधन भएको थियो ।

नगरपालिकाले सिता दाहलका लागि सार्वजनिक गरेको “हार्दिक श्रद्धाञ्जली” पत्रमा प्रधानमन्त्री प्रचण्डसहित उनका सम्पूर्ण आफन्तलाई नै हार्दिक श्रद्धाञ्जली अर्पण गरिदिएको छ ।

नगरपालिकाले सार्वजनिक गरेको पत्रमा लेखिएको छ, “सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी श्रीमती सीता दाहालको ६९ वर्षको उमेरमा आज मिति २०८० असार २७ गते विहान असामयिक निधन भएको हुँदा यस सुनवल नगरपालिका परिवार गहिरो शोक प्रकट गर्दै हार्दिक समवेदना व्यक्त गर्दछ ।
यस दुःखद घडीमा मृत आत्माको चीर शान्तिको कामना सहित सम्माननीय प्रधानमन्त्रीज्यू, शोकसन्तप्त परिवारजन र इष्टमित्रप्रति सुनवल नगरपालिका हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।”

अहिले उक्त पत्र सामाजिक सन्जालभरी आलोचित बनिरहेको छ ।