वीरेन्द्रनगरबाट १४ पुरिया ब्राउन सुगर र नगदसहित २२ बर्षे महिला पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित एक जना महिला पक्राउ परेकी छन् । वीरेन्द्रनगर-११, हरियाली टोलमा बस्दै आएकी २२ बर्षिय राधिका बुढा लाघूऔषध र नगतदसहित पक्राउ परेकी हुन् ।

स्रोतले दिएको जानकारी अनूसार उनको स्थायी ठेगाना जुम्ला, चन्दनाथ नगरपालिका वडा नं-६ हो ।

गोप्य सूचनाका आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्युरोबाट खटिएको प्रहरी टोलीले असार २६ गते राधिकालाई पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ ६८० ग्राम(१४ पुरिया) र एक लाख एक्कास हजार चार सय पचास रुपैँया नगद बरामद गरेको छ ।

उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखिएको छ ।