कर्णाली नदीमा पौडी खेल्ने क्रममा बर्दियाका एक युवक बेपत्ता

दैलेख । कर्णाली नदीमा पौडी खेल्ने क्रममा बर्दियाका २२ वर्षीय अर्जुन थारु बेपत्ता भएका छन् । बुधवार दिउँसो लगभग १:३० बजे दैलेखको दुल्लु नगरपालिका-३, बेदघाटमा कर्णाली लिप्चिङ खानेपानी योजनामा काम गर्ने बर्दिया राजापुर नगरपालिका वडा नं.९ का अर्जुन थारू बेपत्ता भएका हुन्

सोही कर्णाली लिप्चिङ खानेपानी आयोजनाका कर्मचारी निरक साउदले अर्जुन थारु बेपत्ता भएको जानकारी दिएका हुन् । साउदका अनुसार थारु आयोजनाका कामदार थिए । पौडी खेल्ने क्रममा थारु एक्कासी बेपत्ता भएका थिए ।

प्रहरीको टोली बेपत्ता अर्जुन थारुको खोजी तथा उद्धार कार्यमा खटिएको छ ।