
सुर्खेत । काँक्रेविहारका संरक्षित जरायो मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–१० नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो ।

बुधबार विहान ३ बजे जरायो मारी भाग लगाइरहेको गोप्य सूचना पाएपछि सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बु घटनास्थल बाटै ५ जनालाई पक्राउ गरेको थियो । थप केहि फरार रहेका छ्न् । उनहरूलाई पक्राउका लागि प्रहरी खटाइएको सुर्खेत जिल्ला प्रहरी सूचना अधिकारीले जानकारी दिएका छ्न् पक्राउ परेकाहरुको नाम प्रहरीले सार्वजनिक गरेको छैन् ।
घटनास्थलबाट जरायोको मासुसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
