
काठमाडौँ असार २६ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाउँमा ल्याएको प्रकरणमा थप २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज तत्कालीन मालपोत कार्यालयका नायव सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो । उनीहरुमाथि थप छानबिनका लागि भन्दै काठमाडौँबाटै पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

यस प्रकरणमा संलग्नहरुको संख्या ठूलो देखिए पनि हालसम्म १४ जना मात्रै पक्राउ परेका छन् । केही पूर्व सचिव लगायतका व्यक्तिविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।