कालिकोटमा खाेलाले बगाउँदा एक जना बेपत्ता, खाेजि कार्या जारि

कालिकोट, असार २३ | जिल्लाकाे नरहरिनाथ गाउँपालिका -४ अवस्थित भेरागाड खोलाले बगाउदा एक जना बेपत्ता भएका छन्। नरहरिनाथ गाउँपालिका -५ का धनबहादुर बोगटी सहकारीलाई शुक्रबार परेकाे अत्याधिक बर्षाका कारण खोलाले बगाउदा बेपत्ता भएका हुन् ।

सहकारिलाई शुक्रबार बेलुका ४ बजेतिर खोलाले बगाएको स्थनीयले बताएका छन्।

खोलाले बगाएलगतै स्थानीयले उनको खोजी कार्यसुरु गरेकाे र अहिले सम्म उनले लगाएको जकेट मात्र भेटिएको स्थानीयले बताएका छन्।

थप खोजी कार्यका लागि ईलाका प्रहरी कार्यलय कुमालगाउँको प्रहरी टोलि पनि खटिएको प्रहरीले जनाएको छ ।