साउथ एशिएन स्कलर्स एकेडेमीकी प्रयुषा बनिन् एसइईमा कर्णाली प्रदेशकै सर्वाधिक जिपीए ल्याउने छात्रा

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर–३ स्थित साउथ एशिएन स्कलर्स एकेडेमीकी छात्रा प्रयुषा चापागाईं यस वर्षको एसइई परीक्षामा महिलातर्फ सर्वाधिक अंक हासिल गर्ने विद्यार्थी बनेकी छिन् । प्रयुषाले प्रभावशाली ३.९० जीपीए सहित एसईई उर्तीण गरी कर्णाली प्रदेशमै टप छात्रा भएको साउथ एशियन स्कलर्स एकेडेमीले दाबि गरेको छ ।

यस्तै, साउथ एशिएन स्कलर्स एकेडेमीका अनूसार सोही विद्यालयका एजुकेशन बोकटी छात्रातर्फ कर्णाली प्रदेशको दोस्रो टप लिस्टमा परेका छ्न् । उनले पनि ३.९० जिपीए प्राप्त गरेका छ्न् भनें संगिता भण्डारी एसईई परिक्षामा ३.८५ जिपीएसहित कर्णाली प्रदेशकै तेस्रो टपर बनेकी छ्न् ।

सोही विद्यालयबाट एसईई दिएका विद्यार्थी मध्ये ३४ जना विद्यार्थीले ३.२ जिपीए देखि ३.९० जिपीए अंक प्राप्त गर्न सफल भएका छ्न् । यसै सन्दर्भमा आफ्ना विद्यार्थीहरूले हासिल गरेको उत्कृष्ट नतिजाको बारेमा बोल्दै, विद्यालयका सीईओ क्षत्र बढुवालले अघिल्ला वर्षहरूमा जस्तै साउथ एशिएन स्कलर्स एकेडेमीका विद्यार्थीले गत चैत्रमा भएको एसईई परिक्षामा पनि कर्णाली प्रदेशकै तुलनामा उत्कृष्ट नतिजा ल्याउन सफल भएको बताएका छ्न् ।

राष्ट्रिय परिक्षा बोर्डले हिजो बिहीवार प्रकाशित गरेको नतिजा अनुसार परीक्षामा ३.६ देखि ४ जीपीए ल्याउनेको संख्या २२ हजार ४७५ अर्थात २.९ प्रतिशत रहेको छ ।

बोर्डले २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।