
सिन्धुपाल्चोकमा बेवारिसे अवस्थामा एउटा पुरुषको शव फेला परेको छ । मेलम्ची नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने कर्कले नजिकैको झोलुङ्गे पुलमुनि पुरुषको शव फेला परेको हो । आज बिहान उक्त शव फेला परेको त्यहाँका स्थानियले बताएका छन् ।अहिलेसम्म शव भने पहिचान हुन सकेको छैन । घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
