सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि.सुर्खेतले निर्माण गरेकाे खानेपानीको ट्यांकी हस्तान्तरण

सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था लि.सुर्खेतले विरेन्द्रनगर न.पा. वडा न. १४, सोतखोलामा निर्माण गरिएको खानेपानीकाे ट्याङकी हस्तान्तरण गरकाे छ । सस्थाले ४५ घरधुरी लाभान्वित हुने गरी १० हजार लिटर क्षमताका २ वटा खानेपानीको ट्यांकी निर्माण गरेकाे थियाे । निर्माण सम्पन्न भएपछी उपभाेक्ताहरूलाइ हस्तान्तरण गरिएकाे संस्थाका काेषाध्यक्ष डम्मर गरंजाले जानकारी दिएका छन् ।

उनले भने संस्थाका अध्यक्ष टाेप वहादुर टंलामीले उपभाेक्ताहरूलाइ बाेलाएर हस्तान्तरण गरियो । कार्यक्रममा व्यवस्थापक खड्क वंशि, कर्जा प्रमुख रमेश वुढाकाे समेत उपस्थिति रहेकाे थियो । काम सम्पन्न गर्न दिन रात नभनी मेहनत गर्ने सबैलाइ काेषाध्यक्ष डम्मर गरंजाले धन्यबाद ब्यक्त गर्नुभएको थियाे ।

निर्माण सम्पन्न भएको ट्याङ्की प्राप्त गरेपछी धारापानी एकता समुहका अध्यक्ष आेम वहादुर राष्काेटीले आरएसडिसि र सिद्वार्थ वहुउदेश्यिय सहकारी संस्थालाई धेरै धेरै धन्यवाद व्यक्त गरेका थिए ।