सिद्धार्थ वहुउदेश्यीय सहकारी संस्थाले शेयर सदस्यहरुका लागि सहकारी वित्तीय साक्षरता शिविर सम्पन्न गरेको छ ।

सिद्धार्थ वहुउदेश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ६ ले शेयर सदस्यहरुका लागि सहकारी शिक्षा तथा वित्तीय साक्षरता शिविर पञ्चपुरी नगरपालिकाको वावियाचौर,वराहतालको वड्डीचौर,भेरीगंगाको वारागाउँ,लेकवेसीको कल्यान, लमना दशरथपुर,गुर्भाकोट नगरपालिकाको वोटेचौरमा,वीेरेन्द्रनगर नगरपालिका वडा नम्वर १४को सोतखोलामा सप्ताहव्यापी कार्यक्रम मंगलवार सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष टोप वहादुर टंलामीको अध्यक्षता एवं संस्थाका सल्लाहकार विमा थापाको प्रमुख आतिथ्यतामा शिविर सम्पन्न भएको हो ।

सहकारी शिक्षा शिविरमा सहकारीका गतिविधि तथा आगामी योजनाका वारेमा सहकारीका कोषाध्यष डम्मर वहादुर गरंजा मगर ले जानकारी गराएका थिए । सहकारी र चिया तथा कफि विकास कार्यालय प्युठानको सहलगानीमा ५० रोपनीमा सोतखोलामा शेयर सदस्यहरुलाई ५ हजार विरुवा कफिको विरुवा लगाई सदस्यहरुलाई व्यवसायीक कफीखेती को सुभारम्भ गरेको छ । शेयर सदस्य वृद्धि शेयर सदस्यहरुलाई विभिन्न तरकारीका वेर्नाहरु सहुलियतमा वितरण गर्ने योजना रहेको जानकारी दिए । सहकारीले वोटेचौर सेवा केन्द्र,लेकवेसी सेवा केन्द्र,चनौटे सेवा केन्द्र,वराहताल सेवा केन्द्र र पञ्चपुरी सेवा केन्द्र वाट सदस्यहरुलाई आइएमइ सेवा थप व्यवस्थीत र विस्तार गरी सहकारीका गतिविधि समेत सञ्चालन गरिने पूणर् रुपमा अनलाईनवाट सहकारीका कारोवारहरु संञ्चालन गरिने उनले जानकारी दिए ।

५३३२ जना सेयर सदस्य रहेको सहकारीको शेयर पुजी ६ करोड ७५ लाख जगेडा कोष ४ करोड ३१ लाख गत आर्थिक वर्षमा करिव ३ अरव २५ करोड कारोवार गर्न सफल भएको सहकारीका कोषाध्यक्ष डम्मर वहादुर गरंजा मगरले जानकारी दिए ।

निक्षेप ५८ करोड ५० लाख संकलन भएको छ लगानी रहेको ऋण ८९ करोड ३१ लाख रुपैया रहेको सहकारीका व्यवस्थापक खड्क वहादुर वंशी मगरले जानकारी दिए । सेयर सदस्यहरुलाई धितोको आधारमा ७५ लाखसम्म ऋण लगानी गदै आईरहेको छ ।

सहकारी शिविरमा संस्थाका सल्लाकार विमा थापाले सुर्खेतको विरेन्द्रनगरमा स्थापना भएको सहकारीले आफ्ना शेयर सदस्यहरुलाई वार्षिक मुनाफा पनि राम्रै वितरण गरेको उत्कृष्ट सहकारी संस्था रहेको वताउर्दै जेष्ठ सदस्य सम्मान,जटिल प्रकृतिका रोगहरुलागेमा सदस्यलाई उपचारमा सहयोग,लगाएत जनपक्षीय कार्य गरेको प्रति प्रशंसा गरे ।
त्यसैगरी कार्यक्रममा सहकारीका निमित्त सचिव खगेन्द्र वहादुर पुलामीले सहकारीवाट उत्कृष्ट वचत उत्कृष्ट ऋणी,उत्कृष्ट कर्मचारी,पुर्व संचालक,तथा लखा समितिलाई सम्मान गरिदै आएको जानकारी दिए ।

सहकारीवाट सुत्केरी पोषण राहत,शैक्षिक छात्रवृत्ति कार्यक्रम ,मृत्यु राहत,दुर्घटना राहत दैविक प्रकोप तथा प्राकृतिक प्रकोप राहत कार्यविधि निर्माण गरि वितरण गरिदै आएको सचिव खगेन्द्र वहादुर पुलामीले जानकारी दिए ।