वीरेन्द्रनगरको लाटिकोईलीबाट ब्राउनसुगरसहित एक जना पक्राउ

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईलीबाट लागूऔषध सहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले मंगलबार २६ वर्षका लक्ष्मण बुढालाई पक्राउ गरेकाे हाे ।

उनलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा नापतौल नगरेको २ पुरिया लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ सहित पक्राउ गरिएको हो । बुढालाई थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।