रुपन्देहीमा करेन्टबाट एक जनाको मृत्यु


रुपन्देहीमा करेन्ट लागेर एक जना मृत्यु भएको छ । मृत्यु हुनेमा सम्मरीमाई गाउँपालिका १ स्लामपुरका ५६ वर्षीय गोपाल कोइरी रहेका प्रहरीले जनाएको छ । उनको मंगलवार दिउँसो मृत्यु भएको हो । आफ्नै खेतमा पानी तान्ने मोटर बन्द गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।