सुर्खेतमा फोर्स गाडी दुघर्टना हुँदा १ को मृत्यु, ४ घाईते

वीरेन्द्रनगर — सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । वीरेन्द्रनगरबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा नेपालगन्ज उपमहानगरपालिका-२२ बस्ने ५० वर्षीय फहित अन्सारीको रहेका छन् । गम्भीर घाइते अन्सारीको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ। गाडी तीव्रगतिका कारण अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।