
सुर्खेतको वरेन्द्रनगर ऐरिचोकबाट ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

ऐरिचोकमा रहेको आचार्य चिया पसल नजिकै लागूऔषध कारोबार भईरहेको अवस्थामा वीरेन्द्रनगर नगरपालिका–९ लाटिकोईलिका २५ बर्षका देबु भण्डारी पक्राऊ पारेका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको ३ जनाको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनको साथबाट ६०० मिलिग्राम लागूऔषध ब्राउनसुगर बरामद गरिएको छ ।

भण्डारीलाई पक्राउ गरी अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।