वीरेन्द्रनगरमा मोटरसाइकल को ठक्कर बाट पैदलयात्री को मृत्यु

सुर्खेतको वीरन्द्रनगर नगरपालिका–६ घण्टाघर चोकनजिक मोटरसाइकलले ठक्कर दिँदा एक जना पैदलयात्रुको मृत्यु भएको छ ।

घण्टाघर चोकदेखि शंकरचोकतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ प ४७६१ नम्बरको मोटरसाइकको ठक्करबाट वीरेन्द्रनगर–७ बस्ने ५० वर्षीय टिका सुनारको मृत्यु भएको हो ।मोटरसाइलको ठक्करबाट गम्भीर घाइते भएका सुनारको उपचारको क्रममा कर्णाली प्रदेश अस्पताल कालागाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता लक्ष्मणबहादुर शाहीले जानकारी दिए ।

शाहीका अनुसार मृतक सुनारको शव प्रदेश अस्पतालमा राखिएको छ भने चालक महावु गाउँपालिका–६ का ३३ वर्षीय तेजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।