असार १४ गते सार्वजनिक विदा, कर्णालीमा १५ गते पनि बिदा

सरकारले असार १४ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ।

इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद सो दिन परेकाले सार्वजनिक विदा दिने निर्णय गरिएको हो। गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकस इदको अवसरमा बिहीवार सार्वजनिक विदा दिइएकोबारे जनाएको हो ।

त्यस्तै, आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेश सरकारले असार १५ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा मिति २०७९ साल चैत २९ गते भएको निर्णय अनुसार कर्णाली प्रदेशका जुम्ला बाहेकका ९ जिल्लामा असार १५ गते शुक्रबार बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।