जुम्लामा करेन्ट लागेर एक जना किशोरीको मृत्यु

खेत गोड्ने क्रममा करेन्ट लागेर जुम्लामा एक जना किशोरीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । मृत्यु हुनेमा कनक सुन्दरी गाउँपालिका -८ की प्रमीला परियार रहेकी छन् ।

जुम्ला प्रहरीका अनुसार सोही वडाको खलापानी भन्ने खेतमा धान रोपेको खेत गोड्ने क्रममा लुड्कु जलविद्युत आयोजनाको विद्युतको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको हो ।

हावाहुरीले विद्युत तारा खेतमा परेको थियो । पानीमै परेको हुनाले खेत गोडिरहेको अवस्थामा करेन्ट लाग्न गएको हो ।यस्तै करेन्ट लागेर नै सोही गाउँकी शान्ति दमाई, राजु दमाई, मन दमाई, र विरु दमाई घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता एवं सूचना अधिकारी धर्मराज जोशीका अनुसार घाइते सबैको अवस्था सामान्य रहेको छ । उनीहरूको उपचार अहिलेसम्म कणर्ाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भइरहेको छ ।