लाइभ बसेरै महिनामा २५ लाख कमाउने अंश बर्माको टिकटक अकाउन्ट बन्द

टिकटकमा लाइभ बसेर लाखौँ कमाउने गरेको बताउने कञ्चनपुर महेन्द्रनगरका अंश बर्माको टिकटक अकाउन्ट बन्द भएको छ ।
२.१ मिलियन फलोअर्स रहेको तीन वर्षअघि खोलेको उक्त अकाउन्ट बन्द भएपछि बर्माले अहिले नयाँ अकाउन्ट खोलेका छन् । बर्माले टिकटक लाइभ बसेरै महिनामा २५ लाखभन्दा बढी कमाइ गरेकाे बताएका थिए ।
उनले लाइभ बसेरै कमाएको पैसाले एउटा कार, महेन्द्रनगर र काठमाडौँमा एउटा एउटा घर किनेको र सामाजिक सेवामा खर्च गर्ने गरेको बताउने गरेका छन् ।