रोजगारको सिलसिलामा मलेसिया पुगेका जुम्लाका एक युवकको मृत्यु ,

जुम्ला जिल्लाकाे हिमा गाउँपालिका- १ देवारगाउँका ३२ वर्षीय मयलाल परियारकाे मलेसियामा मृत्यु भएको छ । असार ९ गते बिहान उनी आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन ।

असार ८ गते राति निधन भए पनि ९ गते बिहान मात्रै थाहा पाएको मलेसियामै रहेका देवारगाउँका मृगेन्द्रकुमार शाहीले जानकारी दिए । ‘राति नै उनको मृत्यु भएका र भोलिपल्ट मात्रै थाहा पाएको सामाजिक सञ्जालमार्फत शाहीले सार्वजानिक गरेका हुन ।

शाहीका अनुसार मृतकको शव अहिले क्वालालम्पुरस्थित अस्पतालमा रहेको छ। मयलालको मृत्यु भएको तीन दिन भइसक्दा पनि शव नेपाल ल्याउन कुनै निकायले पहल नगरेका शाहीले बताएका छन ।