सुर्खेतको छिन्चु बजारबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

सुर्खेत । सुर्खेतको छिन्चु बजारबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना पक्राउ परेका छन् । वीरेन्द्रनगर नगरपालिका- १ बस्ने बर्ष अन्दाजी २७ वर्षका दिनेश रसाईली र मोटरसाईकलकाे पछाडी सवार रहेका २३ वर्षका सुवास चन्द पहाडी वि.क उक्त लागूऔषध सहित पक्राउ परेका हुन् ।

नेपालगंजदेखि सुर्खेत तर्फ आउँदै गरेको मोटरसाईकललाई प्रहरीले चेकजाँच गर्ने क्रममा ५ पुरिया (नापतौल नगरेको) लागूऔषध ब्राउन सुगर खैरो धुलो पदार्थसहित उनीहरुलाई पक्राउ गरिएको हो । अहिले दुबै जनालाई ईलाका प्रहरी कार्यालय छिन्चुको नियन्त्रणमा राखिएको कर्णाली प्रदेश प्रहरीले जनाएको छ ।