सुर्खेतको भेरीगंगामा फोर्स गाडिबाट अबैध सामान बरामद

सुर्खेत । सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्ले छिन्चु जाजरकोट सडकखण्डबाट अबैध सामान बरामद गरिएको छ । नेपालगंजदेखि जाजरकोट तर्फ जादै गरेको भे.१ ख.३६५७ नम्बरको फोर्स गाडिलाई प्रहरी चेकजाँच क्रममा सुपर पावर –१६७४ पिस, कमला पसन्द –६४६ पिस, कुर्ता सुरुवाल सेट –८५ पिस, कुर्ति – ४९ पिस र सेतो सुरुवाल –६ पिस बरामद गरिएको हो ।

बरामद गरिएको सामान ईलाका प्रहरी कार्यालय छिन्चु पठाईएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।