
दैलेख, कोहोल्पुर हुँदै डिभिआइटी एकेडेमीले प्रादेशिक राजधानी वीरेन्द्रनगरमा आफ्नो तेस्रो शाखाको उद्घाटन गरेको छ । आज शनिवार वीरेन्द्रनगर-८ खजुरा, सिमलचोक स्थित विस्तार गरेको डिभिआइटी एकेडेमीको तेस्रो शाखाको उद्घाट्न गरेको हो ।

“संस्कार सहितको सिप र शिक्षा आजको आवस्यकता” नारासहित डिभिआइटी एकेडेमीको उद्घाटन कर्णाली प्रदेशसभा सांसद तथा उद्घाटन समाहरोहका प्रमुख अतिथि पूर्णबहादुर खत्रीले गरेका थिए । कार्यक्रम संस्थापक सदस्य, अन्य संस्थाका प्रतिनीधि, मिडियाकर्मी र करिव २०० भन्दाबढि विद्यार्थीको उपस्थितमा भब्य उद्वघाटन गरिएको थियो । कार्यक्रको सभाअध्यक्षमा डिभिआइटी एकेडेमी, वीरेन्द्रनगर शाखाका प्रबन्ध निर्देशक हृदयराज शाही रहेका थिए भनें विषेश अतिथिमा गुराँस कम्प्यूटर इन्सिचियुट, दैलेखका निर्देशक रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेशसभा सदस्य पूर्णबहादुर खत्रीले डिभिआइटी एकेडेमिलाई शुभकामना दिँदै सहर-सहर पुगी आजको आवश्यकतालाई बुझि आजका युवाहरूलाई सिपसहितको ज्ञान प्रदान गरी सक्षम युवा तयार गर्ने जिम्मेवारी उठाएकोमा कृतज्ञता व्याक्त गर्दै आगामी दिनमा डिभिआइटी एकेडेमीको यात्रा नगर-नगर, गाउँ-गाउँसम्म पुग्ने शुभकामना दिएका छ्न् । “आजको युगमा सिप र क्षमता नभएको नागरिकको काम छैन । त्यसैले आजको हरेक नागरिकलाई आत्मनिर्भर बनाउन उनिहरूलाई सिपसहितको ज्ञान प्रदान गर्नु आजको आवश्यक हो । यति गरेर मात्र पुग्दैन ती हरेक युवाले आफुले सिकेको ज्ञान-सिपलाई आफ्नो परिवार, समुदाय र आफ्नो क्षेत्रमा आफ्नो परिचय बनाउनुपर्छ । उनले भनेंं,” म आफु पनि नागरिकको जिवनस्तर उठाउन लागि परेको नेता हुँ । यसका लागि हरेक नागरिकलाई सिप र क्षमतावान बनाउन जरुरी छ । त्यसैले यस डिभिआइटी एकेडेमीले कर्णालीका युवाहरूलाई सिप र ज्ञान प्रदान गरी सक्षम नागरिक बन्न योग्दान गर्ने आशा र अपेक्षा राखेको छु । साथै, खत्रीले आफ्नो निर्वाचन क्षेत्रका केहि युवाहरूलाई लोकसेवा आयोगको तयारी कक्षा प्रदान गर्न डिभिआइटी एकेडेमीलाई प्रदेशसरकारको आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्वता व्यक्त गरेका छ्न् ।

संस्था प्रमुख तथा सभाध्यक्ष हृदयराज शाहीले कार्यक्रमको समापन गर्दै लामो सघर्ष र सफल्तापछि वीरेन्द्रनगर सुर्खेतमा पनि विद्यार्थीहरुको शिक्षा सहयात्री बन्न उत्साहित भएको बताए । ” आजको युवालाई शिक्षामात्र दिएर पुग्दैन, त्यसैले विद्यार्थीलाई संस्कारसहितको सिप र शिक्षा प्रदान गर्नु डिभिआइटीको उद्देश्य हो । उनले बताए,”आजका युवलाई आवश्यक पर्ने, ज्ञान, सिप प्रदान गर्न हामि कर्णालीको राजधानी वीरेन्द्रनगरमा आइपुगेका छौ ।” थप्दै भनेंं, ” हाम्रो उद्देश्य प्राप्ति गर्न हामिले शैक्षिक एकता गरिरहेका छौ । यसै अनुरुप वीरेन्द्रनगरका अन्य एकेडेमीहरूसँग सहकार्य गरिरहेका छौ । साथै उनले, आजको युगको आवश्यकता र युवाहरूको मर्मलाई बुझ्दै सक्षम युवा उत्पादन गर्न डिभिआइटी एकेडेमी शैक्षक-रणनीतिक उद्वेश्य बनाएर अघि बढिरहेक बताएका छन् ।
कार्यक्रम संचालन डिभी बेटरलाइफ इन्सिचियुट तथा डिभिआइटीका व्यवथापनतर्फका शिक्षक सुवास सिंह ठकुरीले गरेका थिए ।
आज शनिवार उद्गाटन गरिएको डिभिआइटी एकेडेमीको वीरेन्द्रनगर शाखामा सुरुवाती चरणमै सम्पूर्र्ण कम्प्यूटर कोर्ष, सबै तहका टिउसन कक्षा, कोरियन, जापनिज भाषा कक्षा, लोकसेवा आयोग तयारी कक्षाहरू संचालनमा ल्याईएका छ्न् ।
