
(एकीकृत समाजवादी सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो सचिवालय विघटन गर्न सुझाव दिएका छन् ।
‘प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रम’ का लागि एकजना सांसदले गरेको प्रश्नको जवाफसमेत तयार गरिदिन नसक्ने प्रधानमन्त्रीको सचिवालय आवश्यक नभएको भन्दै पाण्डेले विघटन गर्न सुझाव दिएका हुन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रपति कार्यालय, राष्ट्रिय योजना आयोगको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रधानमन्त्री दाहालको सचिवालय अस्तव्यस्त रहेको दाबीसमेत गरे ।
