दैलेखमा खोलाले बगाउँदा एकजना किशोरीको मृत्युु

दैलेखको ठाटीकाँध गाउँपालिकामा खोलाले बगाउँदा एकजना किशोरीको मृत्युु भएको छ ।

गाउँपालिका-४ माझचौरकी १७ वर्षीया किशोरी उर्मिला कठायतको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

कठायत घट्टमा पिठाे पिस्न गएर घर फर्कने क्रममा खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (डीएसपी) किशोर लम्सालले जानकारी दिए ।घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।