सुचना र प्रविधिको विकासको लागि सरकार गम्भिर रहेको : रेखा शर्मा

सूचना, सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले सुचना र प्रविधिको विकासको लागि सरकार गम्भिर रहेको बताएकी छिन् ।

काठमाडौंमा आयोजित हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना र प्रविधिको काममा धेरै लोड भएता पनि सरकार गम्भीरता पूर्वक विकासको काममा लागेको बताएकी हुन् ।
मन्त्री शर्माले तीनै तहको सरकारका लागि सुशासनको अभाव ठूलो समस्या रहेको भन्दै सुशाासन कायमका लागि डिजिटल प्रयोग धेरै महत्वपूणर् रहेको टिप्पणी गरिन् ।