जुम्लामा लागूऔषध सहित ३ जना पक्राउ


जुम्ला जिल्ला तिला गाउँपालिका वडा नम्बर २ घर भई हाल चन्दननाथ नगपालिका वडा नम्बर ४ बस्ने प्रकाश बोहरा, कनकासुन्दरी गाउँपालिका वडा नम्बर २ बस्ने खुम बहादुर रावतलाई लागूऔषध ब्राउन सुगर सहित प्रहरीले पक्राउ गरेको हो ।

४० मिलिग्राम लागूऔषध ब्राउन सुगर बरामद गरिएको हो । प्रहरीले सोधपुछको क्रममा लागूऔषध चन्दननाथ नगपरपालिका वडा नम्बर ५ बस्ने मनोज सुनार बाट ल्याएको भनेकाले निजलाई समेत पक्राउ गरीएको प्रहरीले जनाएकाे हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी सहायक निरीक्षक कुल बहादुर रोकायकाे टोलिले निजहरूलाई जिल्ला प्रहरी कार्यालय जुम्लामा थप अनुसन्धान पक्रियाको लागि राखिएको छ ।


कणर्ाली प्रदेशको जुम्ला जिल्लामा पछिल्लो समय लागूऔषधको कारोबार तथा दूर्व्यसनीको संख्या बढ्दो क्रममा रहेको छ । कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार चालु आ.व. २०७९/०८० को ज्येष्ठ मसान्तसम्ममा मात्र जिल्ला प्रहरी कार्यालय जुम्लामा लागूऔषध सम्बन्धी ९ वटा मुद्दा दर्ता भई १७ जना पक्राउ गरिएको छ भने गाँजा १५.८२ ग्राम, ४०० ग्राम चरेश, १२.१२० ग्राम ब्राउन सुगर बरामद गरीएको छ ।