कर्णालीलाई विशेष बजेट नभएकाे भन्दै सांसद अम्मरबहादुर थापाले प्रधानमन्त्रीलाई प्रश्न

प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री लाई सांसद अम्मरबहादुर थापाले बजेट पुस्तिकामा हेर्दा कतै पनी कणर्ालीलाई विशेष बजेट नभएको भन्दै प्रश्न सोधेका छन्।

‘सरकारको नीति तथा कार्यक्रम, बजेटमा कणर्ाली, सुदूरपश्चिमलाई मधेस प्रदेशलाई बजेटमा विशेष व्यवस्था गर्ने भन्नुभएको थियो। बजेट पुस्तिकामा हेर्दा कुनैमा देखिएन त्यो विशेष बजेट कहाँ कहाँ छ?,’ उनले सोधको थिए।

जवाफमा प्रधानमन्त्रीले कणर्ाली प्रदेशका लक्षित गरेर कणर्ाली समृद्धि कार्यक्रम सञ्चालित भइरहेको बताए।त्यस्तै, हिमाली तथा उच्च पहाडी जीविकोपार्जन कार्यक्रम समेत कणर्ाली प्रदेशको माथिल्लो भूभागमा सञ्चालन भई नै रहेको उनले बताए।

‘अगामी वर्षमा कणार्ली प्रदेशमा सिँचाइ तथा नदी नियन्त्रणका लागि छुट्टै बजेटको व्यवस्था गरिएको छ। कणर्ाली करिडोर सडक राष्ट्रिय गौरवको आयोजनाका रूपमा सञ्चालित छ।

राप्ती राजमार्ग, भेरि करिडोर, मध्यपहाडी लोकमार्गको कणर्ाली खण्ड र मदन भण्डारी राजमार्गको कणर्ाली खण्डका लागि सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ। शिक्षा, स्वास्थ्यको बजेटमा समेत सरकारले कणर्ालीलाई उच्च प्राथमिकता दिएर राखेको छ,’ उनले भने।