
प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैठक १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक समेटिएको पुस्तिका सांसद्लाई उपलब्ध नगराइएको भन्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको छ ।
नेकपा एमालेका सचेतक महेश बर्तौलाले उपराष्ट्रपति कार्यालयको खर्च शीर्षक समेटिएको पुस्तिका उपलब्ध नगराइएको भन्दै सो पुस्तिका उपलब्ध नभएसम्म बैठक बस्न नदिने अडान लिएका छन्।

लगत्तै सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।