उच्च अदालत लाइ बालेन शाहको खुला चुनौती

बिहीबार उच्च अदालत पाटनले काठमाडौंका हलहरुमा भारतीय फिल्मको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
न्यायाधीश धिरबहादुर चन्दको एकल इजलासले भारतीय फिल्मलगायत सेन्सर बोर्डले अनुमति दिएका कुनै पनि चलचित्रको प्रदर्शन नरोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै बालेनले आक्रोश पोखेका हुन् ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले अदालतलाई खुला चुनौती दिएका छन् । उनले देशको सार्वभौमिकताको सवालमा कानुन र अदालतलाई पनि नमान्ने घोषणा गरेपछि यसबारे सम्बन्धमा व्यापक बहस सुरु भएको छ ।
‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानून र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधीनमा थियो भनेपछि उनीहरूको नियत थाहा हुन्छ’ उनले भनेका छन्, ‘ यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नू र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधीनमा थियो, अदालत र सरकार भारतको गुलाम भएको बुजिन्छ । यसको लागि जुन सुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’