नेपालले वेस्ट इन्डिजसँग हार्नुका 4 कारण यस प्रकार छन् ।

नेपाल आइसिसी विश्वकप छनोटमा बिहीबार चार पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग १ सय १ रनको फराकिलो अन्तरले पराजित भयो । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल २ सय ३८ रनमा अल आउट भयो ।

नेपालले वेस्ट इन्डिजसँग हार्नुका 4 कारण यस प्रकार छन् ।

1.राम्रो सुरुवात गर्न नसक्नु

विशाल लक्ष्य पूरा गर्न ब्याटिङमा सानदार सुरुवात गर्नुपर्छ । पावर प्लेमा नेपालले आक्रामकका साथ विकेट नदिई उत्कृष्ट सुरुवात गरेको भए वेस्ट इन्डिज खेलमा दबाबमा पर्न सक्थ्यो ।
राम्रो लयमा रहेका कुशल भुर्तेल दोस्रो ओभरमै पाँच रनमा बोल्ड आउट भए । भीम सार्की स्कुप खेल्ने धुनमा २ रनमा आउट भए । १२ औं ओभरमा आसिफ शेख सट बलमा २८ रनमा क्याच आउट भए । त्यो समय नेपाल ४८-३ को अवस्थामा पुगेको थियो ।
३ सय ४० रनको लक्ष्य नेपालले मात्रै होईन यस्तो सुरुवातले वेस्टइन्डिजविरुद्ध विश्वका कुनैपनि टोलीलाई भेट्टाउन मुश्किल पर्छ ।

2. बाउन्स र शर्ट बल खेल्न नसक्नु

वेस्टइन्डिजका तीव्र गतिका बलरकोे बाउन्सर र शर्ट बल सामु नेपाली ब्याटर क्रिजमा टिक्न सकेनन् । त्यसैले नेपाली ब्याटरले खराब प्रदर्शन गरेका थिए । किमो पलको सर्ट बलमा आसिफ शेखले स्लिपमा कायल मयर्सलाई क्याच दिए ।

कप्तान रोहित पौडेल होल्डरको बाउन्सर बलमा सम्हाल्लिन नसक्दा डीप फाइन लेगमा वैकल्पिक फिल्डर केसी कार्टीबाट क्याच आउट भए ।अल्जारी जोशेफको सर्ट बलमा आरिफ शेख निकोलस पुरनबाट थर्डमा क्याच आउट भए ।

नेपालका सबै ब्याटरले बाउन्स र सर्ट बलमा निकैं संघर्ष गर्नुपर्यो । नेपालको ठूलो कमजोरीको रुपमा देखापर्यो । त्यो नै नेपालको हारको एक कारण बन्यो ।

3. होप र पुरनको साझेदारी समयमै तोड्न नसक्नु

एक समय वेस्टइन्डिज १५.३ ओभरमा ५५-३ को अवस्थामा थियो । यो समय सम्म नेपालले खेलमा वेस्टइन्डिजलाई दबाबमा राखेको थियो । पुरन र शाई होपको विकेट समयमै लिन सकेको खण्डमा नेपालले वेस्टइन्डिजलाई २ सय ५० को आसपासमा रोक्न सक्थ्यो ।

यी दुई ब्याटरपछि होल्डर र रोभम्यान पावेल क्रिजमा आउने थिए । त्यो दबाबमा खेल्न सहज हुने थिएन । दबाबमा सस्तैमा आउट हुनसक्थे । चौथो विकेटका लागि पुरन र होपले २ सय १६ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए ।

त्यो साझेदारीले नै वेस्टइन्डिजले विशाल योगफल बनाएको थियो । पुरनले १ सय १५ र होपले १ सय ३२ रनको शतकीय इनिङ खेले । नेपालले समयमै उक्त साझेदारी तोडेन सकेको भए सायद नतिजा अर्कै सक्थ्यो ।

4. पुरनलाई दुई जीवनदान

नेपाललाई निकोलस पुरनको दुई क्याच छाड्नु खेलमा ठूलो भारी पर्यो । दुबै क्याच विकेटकिपर आसिफ शेखले छाड्न पुगेका थिए । स्पिनर ललित नारायण राजवंशीको बलमा एज लागेको सहज बल आसिफले ब्यक्तिगत १७ औं ओभरको अन्तिम बलमा क्याच छाडेका थिए ।

करण केसीको ३४ औं ओभरको चौथो बलमा एज लागेको बल आसिफले ५४ रनमा पुन छाड्न पुगेका थिए । त्यसै ओभरमा करणले उत्कृष्ट योर्करका साथ पुरनलाई दबाबमा राखेका थिए । तर नेपालले पुरनलाई दुई जीवनदान दियो ।

त्यो नै ठूलो भारी पर्यो । पुरन वर्तमान समयका विश्व क्रिकेटकै एक उत्कृष्ट फिनिसर हुन् । त्यसैको कारण उनलाई आइपिएलमा यसै सिजन लखनऊ सुपर जायन्ट्सले १६ करोड भारु (२५ लाख नेपाली रुपैयाँ) अक्सनमा खर्चेर किनेको थियो ।

पुरनले नेपालविरुद्ध ९४ बलमा १० चौका र ४ छक्कासहित १ सय १५ रनको शतकीय साझेदारी गरे । कप्तान होपसँग दोहोरो शतकीय साझेदारी गरे । वेस्टइन्डिजबाट वर्तमान टोलीमा सबैभन्दा राम्रो स्पिन खेल्ने पुरनलाइ जीवनदान दिनु हारको प्रमुख कारण बन्यो ।