
आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूहको आफ्नो तेस्रो खेलमा नेपालले वेष्ट इन्डिजविरुद्ध ३ सय ४० रनको लक्ष्य पछ्याइरहेको नेपाल संकटमा देखिएको छ । नेपालले 35 ओभरमा 6 विकेट गुमाएर 150 रन जोडेको छ ।

कप्तान रोहित पौडेल ३० रन बनाएर आउट भए भने आसिफ शेखले २८ रन जोडे । कुशल भर्तेलले ५ तथा भीम सार्की र कुशल मल्लले २/२ रन बनाएर आउट भए। आरिफ शेख १८ रनमा खेल्दैछन् । नेपाललाई अब २७ ओभरमा २ सय ३९ रन आवश्यक छ ।