
नेकपा एकीकृत समाजवादीले आगामी आर्थिक वर्षको बजेट पारित गर्न नदिने निणर्य लिएको छ। बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले उक्त निणर्य लिएको हो।
यथास्थितिमा बजेट पास हुँदै’, समाजवादीका सांसद अम्मरबहादुर थापाले नेपालखबरसँग भने, ‘त्यसका लागि सरकारसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाललाई जिम्मा दिने निणर्य भएको छ।’
सत्ता गठबन्धनमा रहेको समाजवादी बजेटमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मनोमानी गरेको भन्दै असन्तुष्ट छ।
दलका नेता माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले संशोधनबिना बजेट पास गर्न नदिने निणर्यबारे गठबन्धनमा छलफल पनि गर्ने निणर्य लिएको छ।

बजेटबारे लिएको निणर्यबारेमा समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनकारी गराउने निणर्यसमेत गरेको छ।