साइबर अपराध सम्बन्धी सम्पूर्ण मुद्दाहरू सम्बन्धित जिल्लाको जिल्ला अदालतले नै हेर्ने

अब साइबर अपराध सम्बन्धी सम्पूणर् मुद्दाहरू सम्बन्धित जिल्लाको जिल्ला अदालतले नै हेर्ने गरि नेपाल सरकारले व्यवस्था मिलाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विद्युतीय कारोबार ऐन २०६३ को दफा ६० को उपदफा ५ बमोजिम र सोही ऐन परिच्छेद ९ मा उल्लेख भए बमोजिमका कसुरहरूको कारबाही सुरु गर्ने तथा निणर्य लिने अधिकार सबै जिल्ला अदालतलाई दिने निणर्य गरेको हो ।

नेपाल सरकारको प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुन, न्याय तथा संसदिय मामिला मन्त्रालयको प्रस्तावमा यो निणर्य पारित गरिएको बताएकी हुन् ।

साइबर अपराधका मुद्दा मामिलाहरू सम्बन्धित जिल्ला अदालतले नै हेर्ने व्यवस्थाले आम जनतालाई सहज हुने भएकोले उद्देश्यका साथ यो निणर्य गरिएको उनले बताइन् ।