प्रदेशका प्रहरी कार्यालयहरुमा सांकेतिक भाषाका लागि दोभाषेको व्यवस्था गर्ने 

कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कणर्ाली प्रदेश प्रहरी ऐनमा मुद्दा चल्ने प्रदेशका प्रहरी कार्यालयहरुमा सांकेतिक भाषाका लागि दोभाषेको व्यवस्था गर्ने बताएका छन् ।
राष्ट्रिय अपाङ्ग महासंघ कणर्ाली प्रदेशका अध्यक्ष वसन्त जैसीको नेतृत्वको प्रतिनिधि मण्डलसँगको भेटघाट कार्यक्रममा मन्त्री जिसीले आपाङगता भएका व्यक्तिहरुको उजुरी लिन, मुद्दाहरुलाई अन्यत्र मोड्न नदिन तथा न्याय दिलाउनका लागि कम्तिमा प्रहरीका मुद्दा चल्ने कार्यालयहरुमा सांकेतिक भाषाको दोभाषेहरु आवश्यक रहेको बताए ।
अब प्रदेश सरकारले अपाङ्गता भएका व्यक्तिका लागि पनि रोजगारीका लागि केही प्रतिशत बजेटको व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताए । ‘ अबका दिनमा अपाङ्गता भएका व्यक्तिहरुलाई पनि लक्षित वर्ग भित्र राखेर कार्यक्रम बनाइने छ ।