भेरिगंगामा आयुर्बेद तथा योग सम्बन्धि निशुल्क स्वास्थ शिविर सम्पन्न


पुर्बी सुर्खेतको भेरिगंगामा नगरपालिकामा निशुल्क योग सम्बन्धि स्वास्थ्य शिविर सम्पन्न भएको छ। सामाजिक विकास मन्त्रालय कणर्ाली प्रदेश को आयोजनामा संचालन भएको निशुल्क स्वास्थ्य शिविर लाइ मैनतडा आयुर्बेद औषधालयले समन्वय तथा सहजीकरण गरेको थियो।

कार्यक्रममा प्रदेश आयुर्बेद अस्पताल तथा अनुसन्धान केन्द्रका आयुर्बेद चिकित्सक डा यादब प्रसाद उपाध्यायले पुर्बी सुर्खेतमा आएर बिरामीलाई सेवा दिन पाउनुमा आफुले गर्भको महसुस गरेको भन्दै निशुल्क बिरामी उपचारको लागी आफु र आफ्नो सस्था सधै तत्पर रहेको बताउदै कुनै सन्देह नमानी आयुर्बेद औषधिको प्रयोग गर्न सल्लाह दिनु भएको थियो।
यस्तै कार्यक्रमको प्रमुख अतिथि भेरिगंगा नगरपालिका नगर उपप्रमुख धनसरा बोहोराले मैनतडा आयुर्बेद औषधालयमा निशुल्क स्वास्थ्य शिविर सन्चाल हुने सुचना आफ्नो गाउ बस्ति र टोल टोलमा पुर्याउने तथा सुचना प्राप्त गरि कार्यक्राम सन्चालन स्थान सम्म पुग्ने सम्पूणर् आमाबुवा दाजु भैई तथा दिदि बहिनि लाई धन्यबाद ज्ञापन गर्दै निशुल्क रुपमा संचालन भएको शिविरमा आफ्नो पूणर् स्वास्थ्य लाभ लिनु हुन अनुरोध गर्नु भएको थियो।

साथै उहाँले वडाका जन प्रतिनिधि, नगरपालिकाका जनप्रतिनिधि,समाजसेवी बुद्दिजिबि लगाएत सबैको पहलमा मैनतडा आयुर्बेद औषधालय को भवन निर्माणको लागी प्रदेश सरकारले ५५ लाख रुपैया छुट्याएको जानकारी दिदै अन्य सहयोगी निकाय बाट थप बजेट माग गरि मैनतडा आयुर्बेद अय्सधालाय्को भवन निर्माण थालनी गरि आफ्नै भवन बाट सेवा दिने समेत जानकारी दिनु भएको थियो ।
निशुल्क स्वास्थ शिविरमा सुर्खेको भेरिगंगा,गुर्भाकोट र लेकबेसी नगरपालिका तथा सल्यानको कालिमाटी गाँउ पालिका बाट समेत सेवा लिन सेवाग्राही आएका र ४०० भन्दा बढीले निशुल्क स्वास्थ शिविरमा सेवा लिएको मैनतडा आयुर्बेद औषधालयका कविराज निरीक्षक छबिलाल खड्काले जानकारी दिनु भयो।

भेरिगंगा नगरपालिका नगर उपप्रमुख तथा भेरिगंगा नागरिक आरोग्य समितिको संयोजक धनसरा बोहोरा प्रमुख अतिथि ,प्रदेश आयुर्बेद अस्पताल तथा अनुसन्धान केन्द्रका आयुर्बेद चिकित्सक डा यादब प्रसाद उपाध्यायको अध्यक्षता,सामाजिक बिकास समितिका संयोजक तथा ६ नम्बर वडा कार्यालयका वडा अध्यक्ष लालसिंह बुढा क्षेत्री बिशेष अतिथि, त्यसै गरि अतिथिहरु वडा नम्बर ९ का वडा आध्यक्ष प्रेम बहादुर आग्री तथा कार्यपालिका सदस्य सहविर महर,वडा सदस्य ईश्वर पोख्रेल ,प्रदेश आयुर्बेद अस्पताल तथा अनुसन्धान केन्द्रका कर्मचारी,स्वास्थ्य सेवा निर्देशनालयका कर्मचारीहरु,मैनतडा आयुर्बेद औषधालयका कर्मचारी,प्रहरी चौकि जहरेका प्रमुख , बिभिन्न बैंक तथा वित्तीय सस्थाका प्रतिनिधि तथा सानोजात्री माविका प्रधानाध्यापक पदम वली लगाएतको उपस्थिति रहेको थियो।