
साफ च्याम्पियनसिपको १४औँ संस्करण आजदेखि भारतको बेंग्लोरमा हुँदैछ । पहिलो खेलमा आज नेपालले आमन्त्रित टिम कुवेतको सामना गर्नेछ । नेपाल र कुवेतबीचको खेल बेंग्लोरको श्री कान्तिरभा स्टेडियममा अपराह्न ३ः४५ बजे सुरु हुनेछ ।

८ राष्ट्र सहभागी हुने प्रतियोगिताको समूह ’ए’ मा नेपाल परेको हो । दुई समूहमा ८ राष्ट्रहरूलाई विभाजन गरिएको छ । नेपाल सम्मिलित समूहमा कुवेतसँगै भारत र पाकिस्तान छन्।
१४ औं संस्करणको साफका हुन लागेको हो। नेपाली समयअनुसार बेंग्लोरको श्री कान्तिरवा स्टेडियममा पौने ४ बजे पहिलो खेल नेपाल र कुवेतबीच हुनेछ ।
गत वर्ष एसियन कपको छनोटमा भने कुवेतले नेपालमाथि ४-१ गोलको जित निकालेको थियो।

यसपछि नेपालले भारतसँग २४ जुनमा र पाकिस्तानसँग २७ जुनमा समूह चरणको अन्तिम खेल खेल्नेछ।