मनसुन देशभर फैलिन अझै चार दिन लाग्ने

नेपालमा मनसुन भित्रिएको एक साता भइसके पनि देशभर फैलिएको छैन । हाल देशका पूर्वी भूभागमा सक्रिय रहेको मनसुन पश्चिमी क्षेत्रमा पुग्न अझै चार दिन लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् समीर श्रेष्ठले भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय प्रणालीले रोकेका कारण पश्चिमी क्षेत्रमा मनसुन फैलिन नसकेको बताए। जुन १४ मा पूर्वी भूभाग हुँदै प्रवेश गरेको मनसुनका कारण पूर्वी पहाडी भेगमा ठूलो मात्रामा जनधनको क्षति पुगेको छ ।