
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले नेपाल र भारतबीचको सम्बन्ध हिमालको उचाइ जसरी अघि बढिरहेको बताएका छन् ।
बुधबार पोखरामा अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणपछि झनै नेपाल र भारतबीचको सम्बन्ध थप सुदृढ र उचाइमा पुगेको बताए ।
योगा गर्न र मनोरम दृश्य हेर्न भारतका नागरिकहरुलाई पोखरा आह्वान गर्दै उनले नेपालको जस्तो प्राकृतिक सुन्दरता अन्य देशमा नरहेको बताए ।
पोखरालाई नेपाल, भारत र चीनको व्यापारिक केन्द्र बनाउनुपर्ने बताए । उनले पोखराबाट भारतका विभिन्न सहरमा उडान हुनसके सांस्कृतिक, सामाजिक र आर्थिक सम्बन्ध सुदृढ हुने बताए ।
