सल्यानमा हजार दिने आमाहरुलाई पोषण सुधार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुर्खेत, असार ५ । सल्यानको कालिमाटी गाउँपालिका वडा नं ४ अन्तर आधारभुत स्वास्थ्य केन्द्र पिप्ले अन्तरगतका आमा समुहका लागी दिईएको पोषण सुधार सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। कालिमाटी गाउँपालिकाको आयोजना सम्पन्न भएको उक्त अभिमुखिकरण कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्ले अन्तर्गतका श्री लालिगुरास स्वास्थ्य आमा समुहको सदस्य लाई पोषण सुधार को लागी सुनौलो हजार दिने आमाहरू लाई अभिमुखिकरम दिइएको आधारभुत स्वास्थ्य सेवा केन्द्र पिल्लेका प्रमुख प्रेम सुनारले जानकरी दिनु भयो । अभिमुखीकरण कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष तथा स्वास्थ्य ब्यबस्थापन समितिको अध्यक्ष श्री बेल बहादुर चन्दको सभाअध्यक्ष तथा अतिथि हरु कार्यपालिका सदस्य लक्ष्मी सुनार वडा सदस्य हरु तथा पालिकाका पोषण सहजकर्ता मोतिलाल वलि र आधारभुत स्वास्थ्य सेवा केन्द्र पिल्ले का कर्मचारी हरुको उपस्थिति रहेको थियो।

यस्तै लालिगुरास स्वास्थ्य आमा समुहको सदस्य २५ जना र जनप्रतिनिधि ५ जना ,कर्मचारी ३ जना गरि जम्मा ३३ जनाको समेत उपस्थिति थियो। साथै वडा नं ४ को जनप्रतिनिधिहरुले आर्थिक संकलन गरि नियमित रुपमा स्वास्थ्य संस्थामा गर्भ चेक जांच गरेका उत्कृष्ट आमा रन्जिता वलि र निमकलि सिजालि, सुत्केरी जांच गरेकि उत्कृष्ट आमा सरिता वलि, २ बर्ष मुनीको बच्चा लाई २४ पटक गाउँ घर किल्निकमा बच्चाको तौल नाप गरेका उत्कृष्ट आमाहरु भिमसरि डागिं, हिमा वलि ,संगिता वलि सहित जम्मा ६ जना लाई पोषण कोशेली सबोत्तम लिटो ,बुरुस ,कोल्गेट ,साबुन ,नंकट सहित सम्मान गरिएको थियो।

पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गर्नको लागि जम्मा १७वटा मापदण्ड पुरा गर्नु पर्ने हुन्छ। त्यस मध्य आधारभूत स्वास्थ्य सेवा केन्द्र पिप्लेले १४ वटा मापदण्ड पुरा गरिसको र ३ वटा मापदण्ड पुरा गर्न हजार दिने आमाहरुलाई पोषण सुधारको लागी अभिमुखिकर कार्यक्रम सम्पन्न गरिएको हो।