विद्युत् अनियमित भएको भन्दै जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ध्यानाकर्षण-पत्र

सुर्खेत । प्रदेश युवा क्लब सञ्जाल,कर्णाली प्रदेशले विद्युत् अनियमित भएको भन्दै बिद्युत प्राधिकरण सुर्खेत र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई ध्यानाकर्षण-पत्र बुझाएको छ । बिगत देखिनै कर्णालीका विभिन्न समस्यालाई समाधानका लागि क्रियाशिल प्रदेश युवा क्लब सञ्जाल,कर्णाली प्रदेशले पछिल्लो समय कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगर सुर्खेतमा देखिएकाे बिद्युत समस्या समाधानकालागि बिद्युत प्राधिकरण सुर्खेत र जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई असार ३ गते आईतबार ध्यानाकर्षण गराएकाे हो ।

त्यसै आज सोमबार अहिलेको जल्दोबल्दो समस्या पानिका लागि घण्टाैसम्म लाईन लाग्नु पर्ने र ३-४ किलाेमिट पानिकै लागि यात्रा गर्नु पर्ने समस्या समाधानका लागि क्रमश खानेपानी तथा सरसफाइ कार्यालय र १३२ के.भि प्रशारण लाईनका लागि मुख्यमन्त्रीलाई ध्यानाकर्षण कार्यक्रम गरेको प्रदेश युवा क्लब सञ्जाल,कर्णाली प्रदेश अध्यक्षले प्रकाश बरालले बताए ।